काठमाडौं । सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन, ३४३ वटा कम्पनीको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
त्यसतै, सेन्सेटिभ इन्डेक्स ०.९० अंकले बढेर ४७२.६० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.२९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.४६ अंकले बढेको छ ।
यस दिन १२ उप समूह बढेका छन् भने १ उप समुह घटेको छ । बैंकिङ ०.५५ प्रतिशत, विकास बैंक १.४८,वित्त ०.९३, होटल्स तथा पर्यटन समूह १.९८, जलविद्युत २.७९, लगानी १.५५, जीवन बीमा ०.८४, उत्पादन र प्रशोधन ३.२१, लघुवित्त ०.३७, ,निर्जीवन बीमा ०.४४,अन्य समूह २.८१ र व्यापार समूह १.१४ प्रतिशतले बढेका छन्। म्युअुचल फण्ड ०.०२ प्रतिशतले घटेका छन् ।
यस दिन एभरेष्ट कलर लिमिटेडको सेयर १५ प्रतिशतले बढेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ४८ रुपैयाँ ५० पैसा बढेर ३७२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, रिज लाइन इनर्जीको सेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ भने श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको सेयरमूल्य करिब ११ प्रतिशत बढेको छ। कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ६.८६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको २९ करोड १५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको २४ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने रिडी पावर डेभलपमेन्टको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ।


