CLI

आशिका तामाङको प्रष्टिकरण : १ करोड ३५ लाखको चेक बाउन्स विषयमा म आफैं पीडित हुँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले १ करोड ३५ लाखको चेक बाउन्स विषयमा आफू नै पीडित भएको बताएकी छिन् ।
पछिल्लो समय उक्त चेक बाउन्सलाई लिएर समाचार र सामाजिक सञ्जलामा चर्चा भएको भन्दै उनले सो कुरा बताएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत् विगत केही दिनदेखि विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा आशिका तामाङसँग सम्बन्धित “चेक बाउन्स” विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको समेत बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ,‘ विगत केही दिनदेखि विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा आशिका तामाङसँग सम्बन्धित “चेक बाउन्स” विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
यस सम्बन्धमा म स्पष्ट गर्न चाहन्छु कि उक्त विषयमा प्रस्तुत गरिएको सूचना यथार्थपरक होइन। चेक बाउन्सको विषयमा पीडित पक्ष म स्वयं हुँ। मैले प्राप्त गर्नुपर्ने रकम सम्बन्धी चेक अनादर (बाउन्स) भएको हो, न कि मैले कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स गरेको हो।
उक्त विषयमा मैले यसअघि नै सन् २०२४ मा सामाजिक सञ्जाल तथा विभिन्न अन्तर्वार्तामार्फत सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट गरिसकेको छु।
यस सन्दर्भमा सम्पूर्ण नागरिकहरूमा कुनै भ्रम नहोस् भन्ने मेरो आग्रह छ। पीडित म र पिडक अमेरिका हुनुहुन्छ वास्तविकता के हो भने, सम्बन्धित व्यक्तिले मलाई दिनुपर्ने रकम नतिरेपछि मैले कानुनी प्रक्रियाअनुसार चेक अनादर सम्बन्धी कारबाही अघि बढाएको हुँ।
चेक अनादर सम्बन्धी मुद्दामा बैंकिङ कानुनअनुसार बैंकमा ४५ दिनको प्रतीक्षा अवधि पूरा गर्नुपर्ने व्यवस्था रहेको छ। उक्त अवधि पश्चात् मात्र कानुनी प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्नेछ।

यस बीचमा सम्बन्धित पक्षले आफूले तिर्नुपर्ने रकमबाट बच्न विभिन्न माध्यममार्फत मिडिया ट्रायल गर्ने, मानवअधिकार आयोगसम्म पुगेर आफ्ना दाबी प्रस्तुत गर्ने जस्ता गतिविधि गरेको देखिएको छ। तर ती दाबीहरू सत्यतामा आधारित छैनन्।
अतः यस विषयमा म र मेरो सचिवालय प्रति फैलाइएका भ्रमपूर्ण समाचार तथा प्रचारप्रति विश्वास नगरी वास्तविक तथ्य बुझ्न सम्पूर्ण देशप्रेमी नागरिकहरूमा हार्दिक अनुरोध गर्दछु।
धन्यवाद ।’

Leave Your Comment

Related News