CLI

२ खर्ब ७२ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको घरजग्गा कर्जा, वाणिज्य बैंकले कर्जा बढाँउदा अन्यले घटाए

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने घरजग्गा कर्जामा कमी आएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२८३ को (११ महिना) जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जास्वरुप २ खर्ब ७२ अर्ब ३७ करोड रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१८२ को सोहि अवधिको तुलनामा ५ अर्ब ३४ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जास्वरुप २ खर्ब ७७ अर्ब ७१ करोड रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले घरजग्गा कर्जा घटाउँदा विकास बैंक र वित्त कम्पनीले कर्जा प्रवाह बढाएको छ । गत आर्थिक वर्षको जेठसम्म वाणिज्य बैंकले घरजग्गा कर्जास्वरुप २ खर्ब १९ अर्ब ५३ करोड रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब ८३ करोड रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले घरजग्गा कर्जास्वरुप २ खर्ब ३२ अर्ब ३७ करोड रुपैयाँ वितरण गरेको थियो ।

गत आर्थिक वर्षको जेठसम्म विकास बैंकले घरजग्गा कर्जास्वरुप ४० अर्ब ७७ करोड ३० लाख रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिकको तुलनामा ७ अर्ब १९ करोड ४९ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले घरजग्गा कर्जास्वरुप ३३ अर्ब ५७ करोड ८० लाख रुपैयाँ वितरण गरेको थियो ।

गत आर्थिक वर्षको जेठसम्म वित्त कम्पनीहरुले घरजग्गा कर्जास्वरुप १२ अर्ब ६ करोड ४० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ करोड ८० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले घरजग्गा कर्जास्वरुप ११ अर्ब ७६ करोड ६० लाख रुपैयाँ वितरण गरेको थियो ।

घरजग्गा बजार पूर्ण रुपमा चलयामान हुन नसक्दा पनि घरजग्गा कर्जाको मागमा कमी आएको हो । निजी आवास र घरजग्गाको कारोबार चलायमान नभए पनि आवास नागरिकको लागि अनिवार्य आवश्यकको वस्तु भएको हुदाँ कर्जा वितरण भने निरन्तर हुने सरोकारावालाहरु बताउछन् । आवास र जग्गाको माग निरन्तर हुन्छ अझै पछिल्लो समय सहरी क्षेत्रमा बसोबास गर्नेको संख्यामा कमी आँउदा घरजग्गा कर्जाको माग घटेको बैंकरहरु बताउछन् ।

Leave Your Comment

Related News