RE
Global College

४७५ रुपैयाँमा छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी दिनेश कुमार साहको नाममा रहेको ४ हजार ४१४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको न्युनतम मूल्य ४७५ रुपैयाँ तोकिएको छ । कम्पनीले एस अघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । उक्त अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नआएकाले अब आम रुपमा सबैले आवेदन दिन पाउने गरि उक्त सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उक्त सेयर खरिद गर्न इन्छुक व्यक्ति वा संस्थाले सूचना जारी भएकायस वित्तीय १५ दिन भित्र आवेदन दिनु पर्नेछ ।

नेपाल राष्ट्र बैकले तोकेको मापदण्ड Fit and Proper Test को व्यवस्थालाई परिपालना हुने संस्थापक सेयरधनी हुन योग्यता पुगेको व्यहोरा खुल्ने कागजात तथा अन्य विवरणहरु सहित संस्थाको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौँमा निवेदन पेस गर्नु पर्ने छ ।

NECO

Leave Your Comment

Related News