काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।
आज चाँदी पनि ११० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँ थियो ।


