काठमाडौं । बुधबार शेयर बजार घटेको छ । बुधबार १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.१० अंकले घटेर ४७०.३१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.७७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५८ अंकले घटेको हो ।
बुधबार ३४६ वटा कम्पनीको १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब १८ करोड ७४ लाख पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब ४८ करोड ३६ लाखले कम हो । मंगलबार ६ अर्ब ६७ करोड १० लाख बराबर कारोबार भएको थियो ।
यसदिन २ वटा उपसमूह बढ्दा ११ वटा उपसमूह सबै घटेको छ । वित्त १२ र उतपादन र प्रशोधन ५१ अंकले बढ्दा बैंकिङ ४, विकास बैंक १४,होटल र पर्यटन २४, जलविद्युत २२, लगानी ०.५०, जीवन बीमा ८१, लघुवित्त २०, म्युअुचल फण्ड ०.०१, निर्जीवन बीमा १४०, व्यापार ९० र अन्य समूह २० अंकले घटेको छ ।
यसदिन ७७ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कमाउनेमा एभरेष्ट कलर, बुगांल हाइड्रो र साल्पा विकास बैंक र पियोर इनर्जी रह्यो भने सर्वाधिक गुमाउनेमा नेशनल क्रेडिट एण्ड कर्मसियल बैंकको डिबेन्चर नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर,गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स रह्यो । एभरेष्ट कलरको ४९२, , बुगांल हाइड्रोको ७०५, साल्पा विकास बैंकको १०७४ र पियोर इनर्जीको ८८५ अन्तिम कारोबार मूल्य रह्यो । यसैगरी नेशनल क्रेडिट एण्ड कर्मसियल बैंकको १२०६, डिबेन्चर नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चरको १०४० र गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सको १२०० अन्तिम कारोबार मुल्य रह्यो ।


