CLI

करिब ८ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि

काठमाडौं । नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन,३५३ वटा कम्पनीको १ करोड ३७ लाख ६९ हजार १ सय  कित्ता सेयर कारोबार हुँदा ६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ पुगेको छ । विहिबारको तुलनामा कारोबार रकम १ अर्ब ५७ करोड ३८ लाख रुपैयाँले  बढेको छ । विहिबार कारोबार रकम ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ थियो।

सेन्सेटिभ इन्डेक्स २.१६ अंकले बढेर ४७३.४७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.८२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.८० अंकले बढेको छ ।

यस दिन ६ उप समूह बढेका छन् भने ७ उप समुह घटेको छ । बैंकिङ १.१७ प्रतिशत, विकास बैंक ०.९६, , होटल्स तथा पर्यटन समूह ०.४२, , लगानी ०.२९, जीवन बीमा ०.१३, लघुवित्त०.३६, निर्जीवन बीमा ०.०२, प्रतिशतले बढेका छन्। वित्त ०.१५ प्रतिशत, जलविद्युत ०.१२, उत्पादन र प्रशोधन ०.५९, म्युअुचल फण्ड २.०८, अन्य समूह ०.२६ र व्यापार समूह ०.३५  प्रतिशतले घटेका छन् ।

एभरेष्ट कलर लिमिटेडको सेयर यस दिन पनि  १५ प्रतिशतले बढेको छ। त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १४.४६ प्रतिशत बढेको छ भने सगरमाथा जलविद्युत कम्पनीको ६.८२ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ९३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै,  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News