CLI

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै डा उप्रेतीले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घर पुनर्निर्माण प्रक्रिया सुरु गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन्।

मन्त्रिपरिषद्को यही साउन ६ गते बसेको बैठकले डा उप्रेतीलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो । प्राधिकरणका अनुसार पदभार ग्रहणकै दिन जाजरकोट भूकम्पपीडितका बाँकी घर पुनर्निर्माण प्रक्रिया अघि बढाउने निर्णयबाट कार्यप्रारम्भ गरिएको हो ।

डा उप्रेतीले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउँदै प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave Your Comment

Related News