RE
Global College

हिमालयन लघुवित्तमा ३२ जना कर्मचारी माग

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। संस्थाले बैंकिङ सहायक (फिल्ड सहायक) पदमा ३३ जना प्रशिक्षार्थी कर्मचारी नियुक्त गर्न आवेदन आह्वान गरेको हो।

आवेदकले न्यूनतम एसईई (एसएलसी) उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै मोटरसाइकल वा स्कुटर चलाउन सक्ने तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ। ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक, इमान्दार र मेहनती उम्मेदवारले आवेदन दिन सक्नेछन्।

इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित http://himalayanlaghubitta.rigojobs.com मा गई अनलाइन आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उल्लेख गरिएको छ।संस्थाले तलब, सेवा–सुविधा तथा अन्य व्यवस्था संस्थाको नियमअनुसार हुने जनाएको छ। कुनै किसिमको व्यक्तिगत सम्पर्क वा दबाब दिएमा आवेदन स्वतः रद्द हुन सक्ने सूचनामा उल्लेख गरिएको छ।

NECO

Leave Your Comment

Related News