काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा एक करोड धरौटीमा रिहा भएका छन्।
बीमासम्बन्धी र धितोपत्रसम्बन्धी कसुरमा गोल्छा एक करोड धरौटीमा रिहा भएका हुन्।
काठमाडौँ जिल्ला अदालतले मंगलबार बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई छाड्न आदेश दिएको हो।
गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए। छुनछेक बहसपछि उनलाई छाड्न आदेश भएको हो।
सोही मुद्दामा यसअघि दीपक भट्ट र शुलभ अग्रवालसँग पनि धरौटी माग गरेको थियो।
बीमा कसुरमा अग्रवालसँग २ करोड र भट्टसँग डेढ करोड धरौटी माग गरेको थियो। त्यस्तै धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग २ करोड ३० लाख र भट्ट एक करोड धरौटी माग गर्ने आदेश दिएको थियो।


