CLI

बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टोखा नगरपालिका–७ ढुङ्गेधारामा सञ्चालित एक मःम पसललाई कारबाही गरेको छ ।

स्थलगत अनुगमनका क्रममा कैफियत फेला परेपछि विभागले मीठो झोल मःमलाई रु २० हजार बराबरको जरिवाना गरेको छ ।

विभागले मङ्गलबार काठमाडौँका विभिन्न ११ वटा फर्ममा अनुगमन गरेको थियो । सो क्रममा मेडिमार्ट फर्मालाई बिल बिजक तथा अन्य कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

यस्तै, न्यू दूध सागर माछापोखरीलाई सरसफाइमा विशेष ध्यान दिन, अधिकतम खुद्रा मूल्य तथा बिल बिजक राख्न निर्देशन दिइएको छ ।

यस्तै, विभागले अजित स्टोर कीर्तिपुर र एभरेष्ट ग्यास उद्योगलाई भने ग्यासको सर्वसुलभ र समानुपातिक बिक्री वितरण गर्न निर्देशन दिइएको छ ।

अन्य व्यावसायिक फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागितामा विभागले नियमित अनुगमन गर्दै आएको छ ।

Leave Your Comment

Related News