CLI
Global College

खराब कर्जा घटाउँदै नबिल बैंकले कमायो करिब ८ अर्बको नाफा,लाभांश क्षमता कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार बैंकको नाफा करिब ८ अर्ब रुपैयाँ पुगेको छ। बैंकले गत आवमा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवको तुलनामा बैंकको नाफा ३३.५० प्रतिशतले बढेको छ। अघिल्लो आवमा बैंकको नाफा ५ अर्ब ९२ करोड २२ लाख रुपैयाँ थियो।

बैंकको खुद नाफा मात्र नभएर खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ। बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको १६ अर्ब ३२ करोड रुपैयाँबाट बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँबाट २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

गत आवमा बैंकको निक्षेप ५ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा निक्षेप ५ अर्ब २४ करोड ६२ लाख रुपैयाँ थियो। यस्तै, ग्राहकलाई प्रवाह गरेको कर्जा ४ खर्ब १० अर्ब ९२ करोड रुपैयाँबाट बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। कुल सम्पत्ति पनि ६ खर्ब ३६ अर्ब ७८ करोड रुपैयाँबाट बढेर ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) पनि घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २० करोड १४ लाख १२ हजार रुपैयाँ रहेकोमा घटेर २ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ।

बैंकको खराब कर्जा ४.२० प्रतिशतमा सीमित रहेको छ भने नेट एनपीए ०.५८ प्रतिशत रहेको छ। यसले बैंकले जोखिम व्यवस्थापनमा सुधार गर्दै गएको संकेत गर्छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ३६ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिशेयर कुल सम्पत्ति २ हजार ७१५ रुपैयाँ ५० पैसा पुगेको छ। मूल्य–आम्दानी अनुपात १८.८६ गुणा रहेको छ।

बैंकको वित्तीय विवरणमा सबैभन्दा सकारात्मक पक्ष वितरणयोग्य नाफा हो। बैंकको वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। नियमनकारी समायोजनहरूपश्चात् असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षको सञ्चित नाफासहित कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। यस अनुसार साधारण शेयरधनीहरूका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा कायम भएको छ।

Leave Your Comment

Related News