CLI

बहुराष्ट्रिय कम्पनीहरुलाई अर्थमन्त्रीले भने : नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने बताएका छन् । उनले नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउनु सरकारको दायित्व भएको र यसमा सरकारले काम अघि बढाएको बताए । सोमबार नेपालमा रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनले सो कुरा बताएका हुन् ।

छलफलको क्रममा उनले नेपाललाई लैगानीमैत्री, व्यवसायमैत्री र उत्पादनमुखी अर्थतन्त्र बनाउने अभियानमा लागेको बताए । ‘ हामी यस्तो वातावरण निर्माण गर्न चाहन्छौँ जहाँ उद्योगी सफल हुँदा समाज गर्व गरोस्, लगानीकर्ता सुरक्षित महसुस गरोस्, करदाता सम्मानित होस् र युवा उद्यम गर्न प्रेरित होस्। यही विश्वासबाट हामी नेपाललाई लगानीमैत्री, व्यवसायमैत्री र उत्पादनमुखी अर्थतन्त्र बनाउने अभियानमा अघि बढेका छौँ। आउनुहोस्, सरकार र निजी क्षेत्रबीचको यो साझेदारीलाई अझ सुदृढ बनाऔँ। आगामी दशक नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बनाऔँ, ’ उनले भने ।

मन्त्री वाग्लले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताए ।‘ उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुमेय छ र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्छ। त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन। त्यो विश्वास निर्माण नगरी उद्योग विस्तार हुँदैन।त्यो विश्वास निर्माण नगरी आर्थिक रूपान्तरण सम्भव हुँदैन। त्यसैले आज म यहाँहरूलाई एउटा स्पष्ट आग्रह गर्न चाहन्छु,’ उनले भने ।

बहुराष्ट्रिय कम्पनीहरुलाई ठूलो लगानी गर्न आग्रह गर्दै उनले भएका उद्योग विस्तार गर्नुहोस्। नयाँ उत्पादनमा प्रवेश गर्नुहोस्। नयाँ प्रविधि भित्र्याउनुहोस्। नयाँ रोजगारी सिर्जना गर्न आग्रह गरे । सरकार तपाईँहरूको साथमा उभिनेछ। आजको छलफलमा म विशेष गरी केही विषयमा यहाँहरूको स्पष्ट धारणा सुन्न चाहन्छु। सरकारले सुरु गरेका सुधारहरू व्यवहारमा कत्तिको प्रभावकारी देखिन थालेका छन्रु व्यवसाय विस्तारमा अझै मुख्य अवरोध कहाँ छन्रु कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था वा सरकारी प्रक्रियामध्ये तत्काल सुधार गर्नुपर्ने क्षेत्र कुन–कुन हुन्रु सरकारले आगामी छ महिनाभित्र गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाँच निर्णय के हुन्रु , मन्त्री वाग्लले भने ,‘ म केवल सुझाव संकलन गर्न चाहन्नँ। म समाधानको कार्यसूची बनाउन चाहन्छु। ’ छलफलमा उठेका प्रत्येक विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय हुनेछ। अर्थ मन्त्रालयले यसका लागि समाधान कक्ष (आरडी) मार्फत निरन्तर अनुगमन गर्नेछ। यो संवाद एकपटकको कार्यक्रम होइन। समस्या समाधान नभएसम्म यो श्रृंखला निरन्तर चल्नेछ। ’

नेपालको अर्थतन्त्र निर्माणमा बहुराष्ट्रिय कम्पनीहरुले पुराएको योगदानप्रति नेपाल सरकारका तर्फबाट हार्दिक सम्मान व्यक्त गर्दै उनले भने तपाईंहरू केवल सफल व्यवसायी वा कम्पनीका प्रतिनिधि मात्र होइन, नेपालका सबैभन्दा ठूलो करदाता, सबैभन्दा ठूलो रोजगारदाता, सबैभन्दा ठूलो लगानीकर्ता र राष्ट्र निर्माणका अग्रणी साझेदार हुनुहुन्छ।

बैठक औपचारिक भेटघाटका लागि मात्रै नभएको भन्दै मन्त्री वाग्लले यो सरकार र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेलिरहेका निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास, सहकार्य र प्रतिबद्धता भएको बताए ।‘ केही दिनयता मैले उद्योगी–व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग लामो समय छलफल गर्ने अवसर पाएँ। ती सबै छलफलबाट एउटा साझा निष्कर्ष आएको छ—नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय, कुनै एक नीति वा कुनै एक संस्थाले मात्र होइन, यसको नेतृत्व सरकार र निजी क्षेत्रले सँगै गर्नुपर्छ ,’ उनले भने,‘ त्यसैले आज म यहाँ सरकारको धारणा सुनाउनभन्दा बढी देशका सबैभन्दा बढी लगानी गरेका र सबैभन्दा बढी जोखिम उठाएका उद्यमीहरूको अनुभव सुन्न आएको छु। ’

उनले बजेटमार्फत् लगानीको सन्देश दिएको स्पष्ट पारे । ‘हामीले यस वर्षको बजेटमार्फत एउटा स्पष्ट सन्देश दिएका छौँ। सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले होइन, साझेदारको दृष्टिले हेर्छ। हामी विश्वास गर्छौँ कि निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो। यसैले अब सरकारको प्राथमिकता केवल कर संकलन बढाउनु होइनस उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु हो। किनभने जब उद्योगले नाफा कमाउँछ, त्यही नाफा पुनःलगानी हुन्छ। पुनःलगानीले उत्पादन बढाउँछ। उत्पादनले रोजगारी सिर्जना गर्छ। रोजगारीले आम्दानी बढाउँछ। आम्दानीले बजार विस्तार गर्छ।अन्ततः त्यसबाट राज्यको राजस्व पनि बढ्छ। त्यसैले सरकार र निजी क्षेत्रको सम्बन्ध शून्य(योग सम्बन्ध होइनस दुवैको सफलता एकअर्काको सफलतासँग जोडिएको छ ’, मन्त्री वाग्लेले भने ।

Leave Your Comment

Related News