CLI

एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ? विस्तृतमा

काठमाडौं ।सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि  व्यक्तिको आयकर दर सार्वजनिक गरिएको छ। आयकर ऐन, २०५८ अनुसार प्राकृतिक व्यक्तिको करयोग्य आयमा विभिन्न स्ल्याबअनुसार १ प्रतिशतदेखि २९ प्रतिशतसम्म आयकर लाग्ने व्यवस्था गरिएको छ।

व्यक्तिगत रूपमा कर तिर्ने एकल व्यक्ति तथा दम्पतीका लागि प्रस्तुत गरिएको विवरणअनुसार वार्षिक १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत आयकर लाग्नेछ। यसअनुसार १० लाख रुपैयाँसम्मको आयमा अधिकतम १० हजार रुपैयाँ कर लाग्नेछ।

त्यस्तै, १० लाख रुपैयाँभन्दा बढी र १५ लाख रुपैयाँसम्मको करयोग्य आयमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ। यस स्ल्याबसम्म पुग्दा अधिकतम कर रकम ५० हजार रुपैयाँ हुनेछ।

१५ लाख रुपैयाँभन्दा बढी र २५ लाख रुपैयाँसम्मको करयोग्य आयमा २० प्रतिशत आयकर लाग्नेछ। यस तहमा अधिकतम कर रकम २ लाख रुपैयाँ पुग्नेछ।

त्यसैगरी, २५ लाख रुपैयाँभन्दा बढी र ४० लाख रुपैयाँसम्मको करयोग्य आयमा २७ प्रतिशत आयकर लाग्नेछ। यस स्ल्याबमा अधिकतम कर रकम ४ लाख ५ हजार रुपैयाँ हुनेछ।

४० लाख रुपैयाँभन्दा बढी जतिसुकै करयोग्य आय भए पनि ४० लाख रुपैयाँभन्दा माथिको आयमा थप २ प्रतिशत बिन्दुले अतिरिक्त कर लाग्ने व्यवस्था छ। अर्थात् ४० लाख रुपैयाँभन्दा माथिको करयोग्य आयमा २९ प्रतिशत आयकर दर लागू हुनेछ।

उपलब्ध विवरणअनुसार ६० लाख रुपैयाँ करयोग्य आय भएका एकल व्यक्ति तथा दम्पतीले कुल १२ लाख ४५ हजार रुपैयाँ आयकर तिर्नुपर्नेछ।

यसअनुसार प्राकृतिक व्यक्तिको करयोग्य आय बढ्दै जाँदा क्रमशः १, १०, २०, २७ र २९ प्रतिशतका दरले आयकर लाग्ने व्यवस्था रहेको छ।

Leave Your Comment

Related News