CLI

बोर्टलस नेपाल आयो नाफामा, करिब ८८ अर्ब कमायो नाफा

काठमाडौं । बोर्टलस नेपाल लिमिटेड बालजु कम्पनीले नाफा कमाएको छ । गत आर्थिक वर्ष (आव)मा कम्पनीले ८७ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनी अघिल्लो आवमा ४१ करोड ६१ घाटामा रहेको थियो ।

कम्पनीले सञ्चालन आम्दानी बढ्दा नाफा बढेको जनाएको छ । गत आवमा सञ्चालन आम्दानी १५ करोड ४८ लाख रहेको छ । अघिल्लो आवमा सञ्चालन आम्दानी १ लाख ६९ हजार रहेको थियो । यसैगरी गत आवमा सञ्चालन नाफा १ अर्ब ३६ करोड ९२ लाख रहेको छ । अघिल्लो आवमा सञ्चालन नाफा ५१ करोड २७ लाख रहेको थियो ।

कम्पनीको ग्रस पर्फिट बढेको छ । गत आवमा कम्पनीको ग्रस पर्फिट ३ अर्ब ७३ करावेड ९४ लाख रहेको छ । अघिल्लो आवमा कम्पनीको ग्रस प्रर्फिट ५१ करोड २७ लाख रहेको थियो ।
कम्पनीको प्रति शेयर आम्दानी ४२० रुपैयाँ रहेको छ भने मार्केट भ्यालु प्रति शेयर १४ हजार १५० रुपैयाँ र मुल्य आम्दानी अनुपात १.३ रहेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको हालसम्मको कुल सम्पत्ति फिर्ता ऋणत्मक ३ प्रतिशतबाट ६.६ प्रतिशत रहेको छ भने रिर्टन अन इक्वटी १२.३ प्रतिशत पुगेको छ। कम्पनीले सञ्चालनगत नाफा र पुँजीको दक्ष उपयोगमा सुधार भएको जनाएको छ। कम्पनीले रणनीतिक पहल, बजार विस्तार, चिल्ड क्षमता वृद्धि तथा निरन्तर लागत अनुकूलनका कारण नाफामा सुधार आएको जनाएको छ।

 

 

Leave Your Comment

Related News