CLI

करिब पौने ४ अर्ब घाटाबाट नाफामा फर्कियो अप्पर तामाकोशी, १ अर्ब नजिक पुग्यो नाफा

काठमाडौं । विद्युत बिक्रीबाट आम्दानी बढेसँगै अप्पर तामाकोशीको नाफा बढेको छ । गत आर्थिक वर्ष (आव) २०८२/८३ मा कम्पनीले ९ अर्ब २५ करोड ९३ लाख नाफा कमाएको छ । अघिल्लो आव २०८१/८२ मा घाटामा रहेको कम्पनीले उक्त नाफा कमाएको हो । अघिल्लो आवमा कम्पनी ३ अर्ब ६८ करोड १ लाख घाटामा रहेको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट प्राप्त आम्दानी १० अर्ब बढी रहेको छ । गत आवमा कम्पनीले विद्युत बिक्रीबाट १० अर्ब ६६ करोड ८८ लाख आम्दानी गरेको छ । अघिल्लो आवमा विद्युत बिक्रीबाट ६ अर्ब ९२ करोड ३७ लाख आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा सञ्चालन नाफा पनि बढेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा ६ अर्ब ८ करोड ३ लाख रहेको छ । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा १ अर्ब ९१ करोड १९ लाख रहेको थियो ।

त्यस्तै कम्पनीको प्रशासनिक र आयोजना खर्च भने ऋणात्मक रहेको छ । गत आवमा कम्पनीको प्रशासनिक र अयोजना खर्च ६३ करोड ५० लाख घाटामा रहेको छ । अघिल्लो आवमा उक्त रकम ९६ करोड८८ लाख घाटामा रहेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ ३७ पैसा, प्रति शेयर नेटवर्थ ४४ रुपैयाँ ४८ पैसा, प्रति शेयर सम्पत्तिको मूल्य ३८२ रुपैयाँ १७ पैसा र तरलता अनुपात १ : ३१ रहेको छ ।

कम्पनीले विविध कारणहरुले आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत वृद्धि हुन गएको साथै ऋणप्रदायक संस्थाहरुबाट समयसामयिकरुपमा अपेक्षाअनुरुप व्याजदर घट्न नसक्दा व्याज खर्च अत्यधिक वृद्धि भएको तर त्यस अनुरुप विद्युत विक्रीबाट आम्दानी बढ्ने अवस्था नरहेकोले विगत चार वर्षदेखि कम्पनी निरन्तर घाटमा रहेकोमा यस आ.व. मा निरन्तरको वर्षाको कारण नदीमा पानी बढ्न गएकोले विद्युत विक्री आय बढेको र दीर्घकालिन ऋणको व्याजदर पनि घट्न गएकोले व्याज खर्च घटेको कारण कम्पनीले नाफा गर्न सफल भएको छ।

कम्पनी व्यवस्थापनले साविकका ऋण प्रदायक संस्थाहरु तथा वैंक, वित्तीय संस्थाहरुसँग निरन्तर छलफल गरी आउँदो केही वर्षहरुको लागि दीर्घकालिन ऋणको व्याजदर स्थिर कायम गरी व्याजखर्च घटाउने प्रयास गरिरहेको र सो हुँदा आउँदा वर्षहरुमा दीर्घकालिन ऋणको व्याज खर्च घट्न गई कम्पनी नाफामा रहन सक्ने अपेक्षा गरेको छ। यस कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हाल पूर्ण रुपमा सञ्चालन भइरहेको छ । नेपाल सरकारको दीर्घकालिन ऋण भुक्तानीको लागि ३० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका तथा अन्य संस्थागत ऋणप्रदायक संस्थाहरुको दीर्घकालिन ऋण भुक्तानीको लागि ६० वटा किस्ताको १५ वर्षे ऋण भुक्तानी तालिका निर्धारण गरी आव २०८२/८३ को असार  मसान्तसम्ममा नेपाल सरकारको नौ अर्ध वार्षिक तथा अन्य संस्थाहरुको अठार त्रैमासिक किस्ता सावाँ तथा व्याज भुक्तानी गरिएको छ ।

Leave Your Comment

Related News