काठमाडौं । सहुलियतुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि कार्यविधि संशोधन भएको छ । नेपाल सरकार अर्थमन्त्री स्तरीय निर्णयबाट सो कार्यबिधि स्वीकृत भएको हो । स्वीकृत कार्यबीधि कार्यान्वयन गराउने नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ बर्गका बैंक तथा बित्तिय संस्थालाई निर्देशन जारि गरेको छ ।
संशोधित कार्यविधिमा कृषि तथा पशुपक्षी कर्जा महिला उध्यमशील कर्जा, बैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार कर्जा, शिक्षति युवा परियोजना कर्जा, दलित समुदाय भगत सर्वजित उध्यम कर्जा स्टार्ट अप ऊध्यम कर्जा, उदोगमा बोइलर प्रतिष्थापन कर्जा, प्राकृतिक बिपत् पिडितको निजी आवास निर्माण कर्जा रहेका छन् । यी शिर्षकका कर्जामा कर्जा न्यनतम ५ लाख देखि अधिकतम ५ करोड सम्मको रहेको छ । यो कर्जा किस्ता बन्दीमा साँवा ब्याज भुक्तानीको लागि आवधिक प्रकृतिको हुनेछ । यो कार्यबिधि अनुसार साबिक सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यबिधि, २०७५ बमोजिम प्रवाह गरिएको कर्जा नवीकरण भएको अबस्थामा अनुदान दिन सुरु भएको मितिले ५ बर्ष सम्म अनुदान उपलब्ध हुनेछ । यो कर्जा एकाघर परिवारका १ जना भन्दा बछीले लिन पाउने छैनन् ।
यो सहुलितपुर्ण कर्जा अन्तर्गतको प्राकृतिक विपत् पिडितको निजी आवास कर्जा प्रवाह गर्दा बैंक तथा बित्तिय संस्थाले राष्ट्रिय बिपत् जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणबाट निजी आवास निर्माण गर्न अनुदान नपाएको सम्वन्धमा ऋणीको स्वघोषणा लिने पर्नेछ ।


