CLI

हिमालयन डिष्टिलरीको नाफा साढे २६ करोडले बढ्यो

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडेको नाफा करिब २६ करोड ४९ लाखले बढेको छ । कम्पनीको गत आर्थिक वर्ष (आव) २०८२८३ मा १ अर्ब २० करोड ६३ लाख नाफा कमाएको छ । अघिल्लो आव २०८१८२ मा कम्पनीले ९४ करोड १४ लाख नाफा कमाएको थियो ।

कम्पनीको बिक्री र सञ्चालन आम्दानी बढे सँगै नाफा बढेको हो । गत आवमा कम्पनीले आफनो उत्पादन बिक्रीमार्फत् ४ अर्ब ३७ करोड १८ लाख आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको उत्पादन बिक्री आम्दानी ३ अर्ब ७० करोड ८७ लाख रहेको थियो । यसैगरी गत आवमा कम्पनीको कुल सञ्चालन आम्दानी ८ अर्ब ११ करोड ३७ लाख रहेको छ । अघिल्लो आवमा कम्पनीको कुल सञ्चालन आम्दानी ७ अर्ब २० करोड ११ लाख रहेको थियो ।

त्यस्तै कम्पनीको सञ्चिति नाफा समेत बढेको छ । गत आवमा कम्पनीको सञ्चिति नाफा ३ अर्ब ५ करोड ९३ लाख रहेकोमा अघिल्लो आवमा २ अर्ब १३ करोड ५६ लाख रहेको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा १ अर्ब ६७ करोड ७५ लाख रहेकोमा अघिल्लो आवमा सो रकम १ अर्ब २७ करोड १३ लाख रहेको थियो । कम्पनीको प्रति शेयर आम्दानी ३२ रुपैयाँ ७१ पैसा, प्रति शेयर नेटवर्थ १४१ रुपैयाँ ४३ पैसा र तरलता अनुपात ९ : ३७ रहेको छ ।

कम्पनीकाअनुसार हालसम्म देखिएको अमेरिका ईरानको युद्धको कारण ईन्धनमा देखिएको समस्याका कारणले यस कम्पनीले प्रायेग गर्ने वोतल लगायतका अन्य कच्चा पदार्थको मुल्यमा वृद्धि भएकोले उपभोक्ताको क्रयशक्ती अनुसारको वस्तुको मूल्य कायम गर्न कठिन देखिएको छ । जस्का कारण उत्पादित वस्तुको बिक्री वितरण र कम्पनीको आम्दानीमा प्रभाव पर्ने देखिन्छ ।

मदिरा उद्योगले आफुले उत्पादन गरिरहेका र उत्पादन गरी उपभोक्ता माझ बजारमा ल्याउने नयाँ व्राण्डको मदिराको उत्पादनको गुणस्तर, मूल्य, उत्पादन प्रकृया आदिका बारेमा उपभोक्तालाई कुनै पनि माध्यमद्धारा जानकारी दिन नपाउने भएकाले आम उपभोगता समक्ष कम्पनीका उत्पादनहरुको जानकारी पुऱ्याउन कठिन भएको छ ।

साथै व्यवसाय प्रर्वद्धनसंग सम्बन्धित खर्चहरुलाई पनि कर परीक्षणका समयमा कैफियत उठानका कारण वास्तविक खर्चलाई समेत कर कट्टी गर्न नपाउने र उद्योग दोहोरो करको भारमा पर्ने अवस्थाको सृजना भएको छ । यसको प्रत्यक्ष प्रभाव मदिरा बिक्री वितरणमा पर्ने चुनौति व्यवसायी माझ प्रत्यक्ष परेको छ । बजारमा उपभोग्य वस्तुको मुल्य वृद्धिका कारणले नेपाली आम उपभोक्ताको दैनिक खानपिन, भान्सा महगिएको छ । विदेशबाट आउने औद्योगिक कच्चा पदार्थ इन्धन समस्याका कारण वृद्धि भएको छ । यस्तो कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएका स्वादेशी उत्पादनको लागत वढि वस्तुको मुल्यमा पनि वढोत्तरी भएको छ, मदिराको बजार पनि आयातमुखी रहेको छ, उत्पादन तथा बिक्री वितरण उच्च प्रतिस्पर्धात्मक रहेको अवस्थामा मदिराका उपभोक्ताहरुको समेत दिनानु दिन वर्हिगमन भएवाट मदिराको उत्पादन बिक्री वितरण र व्यवसायमा चुनौती टड्कारो देखिएको छ ।

केही उद्योगहरुले यस कम्पनीको जस्तै लेवल, प्लाष्टिकको बोतल प्रयोग गरी कम शक्ति र कम गुणस्तरमा मदिरा उत्पादन गर्ने, यस कम्पनीको वोतल प्रयोग गर्ने कार्य गरेबाट कम्पनीको बिक्रीमा प्रभाव पर्न गएको छ । यस्ता क्रियाकलाप विरुद्धमा सम्बन्धित निकायमा उजुरी दिने गरिएको भएता पनि त्यसको कार्यन्वयन हुन समय लाग्ने हुदा थप चुनौती कम्पनीले सामना गरिरहेको बताइएको छ ।

Leave Your Comment

Related News