CLI

डलरको मूल्य स्थिर, युरो र पाउण्डको मूल्य बढ्दा कुन देशका विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा नै रहेको थियो ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा रहेको थियो । आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा रहेको थियो । आज स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८८ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७६ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २३ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २१ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Leave Your Comment

Related News