काठमाडौं । हुवावे कन्सुमर (HUAWEI Consumer) का उत्पादनको आधिकारिक बितरक कल मोबिलिटी प्रा.लि ( Call Mobility Pvt. Ltd.) ले प्रिमियम डिजाइन, व्यावसायिक फिटनेस फिचर तथा स्मार्ट सुविधा भएको HUAWEI WATCH FIT 5 Pro आधिकारिक रूपमा नेपालमा सार्वजनिक गरेको छ।
यो स्माट्र घडिलाई विशेष बनाउन भनदै HUAWEI ले सीमित अवधिका लागि विशेष अफर पनि ल्याएको जनाएको छ । HUAWEI WATCH FIT 5 Pro खरिद गर्ने ग्राहकले NPR 5,490 मूल्य पर्ने HUAWEI FreeBuds SE 2 निःशुल्क प्राप्त गर्न सक्ने कम मोबिलिटी प्रा. लि ले उल्लेख गरेको छ ।
प्रिमियम डिजाइन
यो स्मार्ट वाच (HUAWEI WATCH FIT 5 Pro) मा Black Fluoroelastomer, Orange Grey Nylon र White Fluoroelastomer स्ट्र्याप विकल्पहरू रहेका छन् । यसले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत शैलीअनुसार घडी छनोट गर्न पाउनेछन्
स्मार्टवाचमा १.९२ इन्चको डिस्प्ले, केवल १.८ एम एम का अल्ट्रा-स्लिम बेजेल र अधिकतम ३०,०००–निट ब्राइटनेस रहेको छ।
यो स्मार्ट वाचको ब्याट्री सामान्य प्रयोगमा १० दिनसम्म र नियमित प्रयोगमा ७ दिनसम्म टिक्ने छ । वाच फिट ५ प्रो दैनिक जीवनशैलीसँग सहज रूपमा साथ दिन डिजाइन गरिएको कम्पनीको दावी रहेको छ ।
यसको मूल्य नेपालभर ४३ हजार ९ सय ९० रहेको छ ।


