काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव तथा वितरणसम्बन्धी गुनासो सम्बोधन गर्न गठित क्विक रेस्पोन्स टिमले ११ दिनमा ५ लाख ३४ हजार ६५० वटा एलपी ग्यास सिलिन्डर बिक्री भएको छ।
टिमले उपलब्ध गराएको विवरण अनुसार साउन २० गते ३७ हजार १०० सिलिन्डर , साउन २१ गते ३८ हजार ५५८ सिलिन्डर बिक्री भएको छ।
टिमले ११ दिनमा ३ हजार ४४४ वटा गुनासा सम्बोधन गरेको छ। टिमले २०८३ साउन २० गतेदेखि साउन ३० गतेसम्म संकलन तथा सम्बोधन गरेका गुनासाको विवरणअनुसार उक्त अवधिमा कुल ३ हजार ४४४ गुनासा सम्बोधन गरिएको हो।
विवरणअनुसार साउन २० गते ९२ वटा गुनासा सम्बोधन गरिएको थियो भने ३७ हजार १०० सिलिन्डर बिक्री भएको थियो। साउन २१ गते १९६ गुनासा सम्बोधन हुँदा ३८ हजार ५५८ सिलिन्डर बिक्री भएको छ।
त्यस्तै, साउन २२ गते सबैभन्दा बढी ४४५ वटा गुनासा सम्बोधन गरिएको थियो। उक्त दिन ६१ हजार ४९ सिलिन्डर बिक्री भएको विवरणमा उल्लेख छ।
साउन २३ गते ४४७ गुनासा सम्बोधन गरी ८ हजार ५१३ सिलिन्डर बिक्री भएको देखिन्छ। साउन २४ गते ४८१ गुनासा सम्बोधन हुँदा ६७ हजार ६८ सिलिन्डर बिक्री भएको थियो।
साउन २५ गते ३०८ गुनासा सम्बोधन गरी ७१ हजार ५९८ सिलिन्डर बिक्री भएको छ। साउन २६ गते ६०३ गुनासा सम्बोधन भएकोमा ५६ हजार ३६६ सिलिन्डर बिक्री भएको विवरण छ।
साउन २७ गते ५०२ गुनासा सम्बोधन हुँदा ५४ हजार २८० सिलिन्डर बिक्री भएको थियो। साउन २८ गते ३७० गुनासा सम्बोधन गरी ६४ हजार २५२ सिलिन्डर बिक्री गरिएको छ।
त्यस्तै, साउन २९ गते ४३६ गुनासा सम्बोधन हुँदा ५७ हजार ७४६ सिलिन्डर बिक्री भएको थियो। साउन ३० गते ४३८ गुनासा सम्बोधन गरी १८ हजार १२० सिलिन्डर बिक्री भएको विवरणमा उल्लेख छ।
उपलब्ध तथ्यांकअनुसार उक्त ११ दिनको अवधिमा दैनिक औसत करिब ३१३ गुनासा सम्बोधन गरिएको छ भने औसत करिब ४८ हजार ६०५ सिलिन्डर बिक्री भएको देखिन्छ।
नेपाल आयल निगमले देशभर एलपीजी ग्यासको अभाव हुन नदिन क्विक रेस्पोन्स टिम गठन गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गठन गरिएको उक्त टिमले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको थियो ।


