CLI
Global College

आर्सनलको विजयी सुरुवात

काठमाडौं । आर्सनलले प्रिमियर लिगको उपाधि रक्षा अभियानमा प्रभावशाली सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

एमिरेट्स स्टेडियममा आर्सनलले पहिलो हाफमै दुई गोल गर्दै खेलमा पकड बनाएको थियो । काइ हाभट्र्जले १५ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको ८ मिनेटपछि बुकायो साकाले आर्सनलको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफ सुरु भएको ४ मिनेटमै कप्तान मार्टिन ओडेगार्डले आर्सनलका लागि तेस्रो गोल थपे । बाँकी समय दुबै टोलिबाट गोल हुन सकेन र आर्सनलले सहज जित निकाल्यो ।

२५ वर्षपछि प्रिमियर लिगमा फर्किएको कोभेन्ट्रीका लागि साविक विजेता आर्सनलविरुद्धको खेल कठिन रह्यो । आर्सनलले गत सिजन २२ वर्षपछि लिग उपाधि जितेको थियो ।

Leave Your Comment

Related News