RE
Global College

धितोपत्र र बीमा कसुरमा फरार दुई महिलासहित चार जना पक्राउ

काठमाडौं । धितोपत्रसम्बन्धी ऐन २०६३ र बीमा ऐन २०७९ अन्तर्गतको कसुर गरेको आरोपमा चार जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार सोमबार विभिन्न संस्थाका चार जना फरा प्रतिवादीलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ का ४३ वर्षीय सुभाष पौडेल रहेका छन्। उनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका सदस्य हुन्।

यस्तै, साबिक ललितपुर उपमहानगरपालिका–२ की ४१ वर्षीया सुनिता महर्जन पक्राउ परेकी छिन्। उनी क्रेष्ट माइक्रो लाइभ इन्स्योरेन्सकी सञ्चालिका हुन्।

अन्य पक्राउ पर्नेमा नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक काठमाडौं महानगरपालिका–१६ का ४५ वर्षीय अनुप मालाकार र नेपाल माइक्रो इन्स्योरेन्सकै सञ्चालक सदसय काभ्रे भुम्लु गाउँपालिका–८ की ३९ वर्षीया सुनिता श्रेष्ठ रहेकी छिन्। उनीहरूलाई मंगलबार प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।

NECO

Leave Your Comment

Related News