RE
Global College

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड नगद सहयोग

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ नगद सहयोग गरेको छ।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुन थालेको सहयोग रकमलाई सरकारले एकद्वार प्रणालीमार्फत परिचालन गर्ने क्रममा गोर्खा ब्रुअरीले उक्त रकम सहयोग गरेको हो।

गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

सरकारले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोज कार्यसँगै क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोत परिचालन गरिरहेको छ। यसका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको छ।

गोर्खा ब्रुअरीको यो सहयोग बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा उपयोग गरिने जनाइएको छ। सरकारले विपद् प्रभावित क्षेत्रमा प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्ने व्यवस्था मिलाएको छ।

NECO

Leave Your Comment

Related News