RE
Global College

प्रधानमन्त्री दैवी उद्धार कोषमा विगेन नेपालको २६ लाख ११ हजार सहयोग

काठमाडौं । भोटेकोशीमा आएको बाढी तथा प्राकृतिक विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विगेन नेपालले २६ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

बिहीबार प्रधानमन्त्री दैवी उद्धार कोषमा उक्त रकमजम्मा गरिएको हो।

विगेन नेपाल स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा स्वस्थ जीवनशैलीका लागि जनसमुदायलाई सचेत गराउने उद्देश्यका साथ नेपालका विभिन्न स्थानमा सेवा तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको संस्था हो । विगेन नेपालले आफ्ना विभिन्न केन्द्रमार्फत निःशुल्क कोरियन थर्मल थेरापी सेवा उपलब्ध गराउँदै आएको छ।

NECO

Leave Your Comment

Related News