CLI
Global College

लघुवित्त क्षेत्रलाई कसरी कायम राख्ने,यसका चुनौती कसरी चिर्ने भन्ने प्रश्न उठ्न थाल्यो: उपाध्यक्ष भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले अहिले लघुवित्त क्षेत्र महत्वपूर्ण चरणमा रहेको र यसको स्थायित्वका बारेमा चासो बढ्न थालेको बताएका छन् ।

आइतबार डा हरिहरदेव पन्तको ११ अौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले आगामी दिनमा लघुवित्त क्षेत्रलाई कसरी कायम राख्ने, यसमा आएका चुनौती कसरी चिर्ने भन्ने प्रश्न आउन थालेको बताए ।

डा भट्टले नेपाल राष्ट्र बैंकले २० बर्ष पहिला ल्याएको लघुवित्त नीति अब संशोधन गर्ने बेला आएको उल्लेख गरे ।

डा भट्टले साना उद्यमीको संरक्षण गर्नका लागि लघुवित्तको योगदान महत्वपूर्ण हुने बताए ।

समाजमा गरिबी निवारण गर्न, पछि परेका बर्ग तथा क्षेत्रमा लघु्वित्तको योगदान निकै रहेको,वित्तिय साक्षरता बढाउन योगदान रहेको धारणा राखे ।

उनले डा हरिहरले लघु उद्यमीको विकास गर्नका लागि लघुवित्त मार्फत ठूलो योगदान दिएको स्मरएण गरे ।

डा हरिहरले गरेको कामको गतिलाई छोरा जनार्दन देव पन्तले अनुशरण गरेकोमा उनले खुसी व्यक्त गरे ।कार्यक्रममा तत्कालिन बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसीले नेपालमा लघुवित्तले गरिबी न्यूनीकरणमा ठूलो सहयोग गरेको बताए । उनले कोरोना जस्ता महामारि पछि नेपालको लघुवित्त क्षेत्रमा पन्तको मार्गदर्शन बढि आवश्यक देखिएको बताए ।

अघिले लघुवित्तमा चौतर्फी आक्रमण भएको समयमा डा पन्तको योगदान स्मरण गर्नुपर्ने उनको भनाइ छ ।कार्यक्रममा नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले डा पन्त कुनै पनि स्वार्थमा नपरि काम गर्ने व्यक्ति भएको स्मरण गरे । पन्तको योगदान निर्धनमा मात्रै नभएर देशको हितमा भएको दाबी गरे ।

पन्त राष्ट्र बैंकमा हुँदा पनि व्यक्ति भन्दा संस्था जस्तो भएको स्मरण गरे ।नेपालमा बेला-बेला नितिहरु लतमाथि हुँदा लघुवित्त पनि यताउता हुने हो कि भन्ने त्रास हुने गरेको धारणा राखे ।

कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जनार्दनदेव पन्तले लघुवित्तमा देखिएका चुनौती पार पर्दै लक्षित वर्गमा जानुपर्ने धारणा राखे ।उनले लघुवित्तबाट सुख, शान्ति तथा समृद्धि हासिल गर्न सकिने बताए ।

कार्यक्रममा विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ ।कार्यक्रममा लघु उधमी पुरस्कार बागमती प्रदेशकी रसिला तामाङलाई प्रदान गरिएको छ ।

यस्तै शैक्षिक उत्कृष्टता पुरस्कार कमल पौडेललाई प्रदान गरिएको छ । यो पुरस्कारकार राशी ५०/५० हजार रहेको छ ।

Leave Your Comment

Related News