CLI
Global College

बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

गत असार मसान्तम्मको दाबी निवेदनहरु लामो समयसम्म फछ्र्यौट हुन बाँकी रहेको कम्पनीले जनाएको छ । ती दाबी फछ्र्यौटका लागि कम्पनीले बीमितलाई विभिन्न मितिमा पत्रमार्फत जानकारी गराइएको पनि सूचनामा उल्लेख छ । दाबी भुक्तानी लिन बाँकी बीमितलाई ३५ दिनभित्र आवश्यक कागजातसहित प्रधान कार्यालय जनकपुर, प्रादेशिक कार्यालय काठमाडौंको दरबारमार्ग तथा शाखा तथा उपशाखामा सम्पर्कमा आउन कम्पनीले आग्रह गरेको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआउने बीमितको दाबी भुक्तानी गर्न कम्पनी असमर्थ हुने सूचनामा प्रस्ट पारिएको छ ।

Leave Your Comment

Related News