काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट धनजनको ठूलो क्षति भएकोमा उद्धार, खोज, राहत र बाढी प्रभावितको सुरक्षित स्थानमा व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका लागि सामाजिक उत्तरदायित्व खर्चबाट २५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेको छ ।
कम्पनीले भोटेकोशी बाढीमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत व्यक्त गरेको छ ।
सहयोगसँगै राष्ट्रिय बीमा कम्पनी लिमिटेडले व्यावसायिक यात्रामा मात्र नभई देशमा आउने आपत्कालीन परिस्थितिहरूको सामना गर्न देशवारीहरूको सामूहिक प्रयासमा सबैको साथमा रहेको जनाएको छ ।



