काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर “सजिलो घर कर्जा” र “सवारीसाधन” कर्जा योजना ल्याएको छ । यो कर्जा ५.९९ प्रतिशत ब्याजदरमा प्रति बर्ष ब्याजदरमा “व्यक्तिगत सवारीसाधन कर्जा योजना ल्याएको हो ।
बैंकले दिएको जानकारी अनुसार व्याजदर घर कर्जा मा ५ बर्ष सम्म स्थिर र सवारीसाधन कर्जा मा ३ बर्ष सम्म स्थिर रहने छ । स्थिर अबधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने जनाएको छ ।यो योजनामा सहभागी हुनको लागि ग्राहकहरुले नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरि लोन लिन सक्नेछन् ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



