CLI
Global College

मोबाइल फोन आयातकर्ताबाट बाढीपीडितका लागि ३१ लाख सहयोग

काठमाडौं । मोबाइल फोन इम्पोटर्स एशाेसिएशन (एमपीआईए) ले रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।

एशाेसिएशन ले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम बुधवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ ।

एशाेसिएशन का अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवालसहित सञ्चालक सदस्यहरूले अर्थमन्त्री वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको एशाेसिएशन ले जनाएको छ ।

अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए । उनले सहयोगका लागि सदस्य संस्थाहरूलाई धन्यवादसमेत दिएका छन् ।।

Leave Your Comment

Related News