CLI
Global College

असोज १ गते देखि नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीको नवौँ संस्करण हुने, ६५ हजार बढी अवालेकनकर्ता सहभागीताको अपेक्षा

काठमाडौं । असोज १ गते देखि नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीको नवौँ संस्करण हुने भएको छ ।

असोज १ देखि ४ गते (सेप्टेम्बर १७ देखि २० सम्म) काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘सुरक्षित आवास प्रत्येक नागरिकको अधिकार’ र ‘ग्रीन डेभलपमेन्टस् द निड अफ द डे’ भन्ने मूल नाराका साथ सिजी प्रपर्टिज, सिजी होल्डिङ्स ९औँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ आयोजना हुन गइरहेको बताइएको छ ।

ललितपुरको हिमालय होटलमा बिहीबार अयाोजित पत्रकारसम्मेलनमार्फत् सो कुराको जानकारी दिइएको हो । पत्रकार सम्मेलनको क्रममा रोशन वैधले विगत सन् २००९ देखि नियमित रूपमा सञ्चालन हुँदै आएको नेपालको घरजग्गा तथा निर्माण क्षेत्रको बहुप्रतिष्ठित तथा प्रतिष्ठित मञ्च नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीको नवौँ संस्करण लिएर हामी पुनः यहाँहरूमाझ उपस्थित भएका बताए ।

एक्स्पो आयोजना तथा तयारी समितिका अनुसार यसपटकको एक्स्पो अझ विशेष छ। किनभने नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा भइरहेको यस मेलामा नेपाल च्याम्बर अफ कमर्सको ७५ वर्षको हिरक जयन्तीको ऐतिहासिक अवसरमा च्याम्बर समेतको सहकार्य जोडिएको छ। मेलाको सम्पूर्ण व्यवस्थापन ३आर इभेन्ट्स एसोसिएट्स प्रा.लिले गरिरहेको छ।

विषम परिस्थितिमा निरन्तरता र सामाजिक उत्तरदायित्व
विगतमा भएको विनाशकारी भूकम्प, कोभिड १९ को महामारी होस् या विद्यमान आर्थिक शिथिलता, हामीले हरेक कठिन परिस्थितिमा पनि यस एक्स्पोको निरन्तरतालाई कायम राख्दै आएका छौँ। विगत ६ महिनाभन्दा बढीको अथक मिहिनेतपछि हामी असोज १ गतेदेखि ४ गतेसम्म एक्स्पो सञ्चालन गर्ने अन्तिम तयारीमा पुगेका बताइएको छ ।

हामी केवल व्यावसायिक आयोजनामा मात्र सीमित छैनौँ। राष्ट्रिय विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्न पनि उत्तिकै सजग छौँ। हामीले २०८३ साल भदौ १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि सुरक्षित आवास पुनर्निर्माण गर्ने राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै आयोजक संस्थाका तर्फबाट खाद्यान्न, लत्ताकपडा, औषधि, ड्रोन उपकरण लगायत राहत सामग्री पठाइसकेको छ भने प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु ३१ लाख नगद हस्तान्तरण भइसकेको समितिले जनाएको छ।

 एक्स्पोका मुख्य आकर्षण तथा तयारीको स्थिति
प्रदर्शनीका १०० प्रतिशत नै (सबै १०० भन्दा बढी स्टलहरू) बुकिङ भइसकेका छन्। यसपटक काठमाडौँ उपत्यकाभित्रका मात्र नभई उपत्यकाबाहिरका व्यवसायीहरू र छिमेकी राष्ट्र भारतका स्टलहरू पनि समेत रहनेछन्।

प्रदर्शनीका क्षेत्रहरू: एक्स्पोमा संयुक्त आवास, अपार्टमेन्ट, जग्गा विकास आयोजनाहरू, साना तथा ठुला निर्माण सामग्रीका उत्पादक र विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर र कन्सल्टेन्सी, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीहरू, पेन्ट, सेनेटरी, फर्निचर, इन्टेरियर डिजाइनिङ र रेनवाटर हार्वेस्टिङका प्रविधिहरू प्रदर्शनमा रहनेछन्।

प्रविधि र वातावरण: यसपटकको एक्स्पोलाई पेपरलेस र वातावरणमैत्री बनाउन इलेक्ट्रोनिक्स कियोस्क, डिजिटल डिस्प्ले र भर्चुअल रियालिटी प्रविधिलाई विशेष जोड दिइएको छ।

निःशुल्क परामर्श सत्रहरू: एक्स्पोमा अवलोकनकर्ताहरूका लागि भूकम्पप्रतिरोधी घर निर्माण र वास्तुशास्त्र सम्बन्धी विज्ञहरूबाट निःशुल्क परामर्श उपलब्ध गराइनेछ।

प्यानल छलफल तथा सेमिनार: प्रदर्शनी अवधिभर नीति निर्माणमा संलग्न अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, इन्जिनियरहरू तथा आर्किटेक्टहरूको सहभागितामा जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनर्उत्थान र सार्वजनिक-निजी साझेदारी (PPP) का विषयमा गहन एवं महत्त्वपूर्ण प्यानल डिस्कसनहरू सञ्चालन हुनेछन्।

युवा उद्यमीहरूलाई प्रवर्धन: एक्स्पोकै दौरान नयाँ उद्यम स्थापना गर्न चाहनेहरूका लागि उद्यम स्थापना सम्बन्धी ज्ञान तथा सिपको सहजीकरण एवं भर्खरै उद्यम स्थापना गरी कठिनाइको सामना गरिरहेका युवाहरूलाई खुला आह्वान गरी छानिएका युवाहरूलाई निःशुल्क तालिम तथा परामर्श दिने कार्यक्रम समेत राखिएको छ।

निःशुल्क स्वास्थ्य शिविर र प्याकेजहरू: एक्स्पुका दौरान प्रदर्शनी स्थलमा रक्तदान कार्यक्रमको आयोजना हुनेछ। साथै ओम अस्पताल र ग्र्यान्डी अस्पतालले प्रदर्शनी स्थल परिसरमा निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्नुका साथै रसुवा बाढी पीडितहरूका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजहरू पनि उपलब्ध गराउने भएका छन्।

हाम्रो अपेक्षा र अपिल
हाल बैंकिङ क्षेत्रमा तरलता सहज रहेको र ब्याजदर घट्दो क्रममा रहेको वर्तमान अवस्थामा उपभोक्ताहरूलाई उपयुक्त वित्तीय निर्णय लिन, घरेलु वा आवासको सही छनोट गर्न र सुरक्षित लगानी सुनिश्चित गर्न यो एक्स्पोले एउटा उत्कृष्ट साझा मञ्च बन्नेछ। साथै सरकारी निकायका प्रतिनिधिहरूको सहभागिताले रियल स्टेट सम्बन्धी नीतिगत तथा कानुनी सुधार र निजी-सरकारी साझेदारीलाई थप योगदान पुग्नेछ।

हामीले यस एक्स्पोमा ६५ हजारभन्दा बढी अवलोकनकर्ताहरूको उपस्थिति रहने अनुमान गरेका बताइएको छ ।

 

Leave Your Comment

Related News