CLI
Global College

पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’

काठमाडौं ।नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार सम्हालेलगत्तै जनताको आवश्यकताअनुसार ग्यासको आपूर्ति सुनिश्चित गर्नुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएपछि मन्त्रालय पुगेका साहले पदभार ग्रहण गर्दै विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफ्नो कार्ययोजना अघि बढाउने बताए।

पदभारपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आम नागरिकले सहज रूपमा ग्यास पाउने अवस्था कसरी सुनिश्चित गर्ने भन्ने विषयमा मन्त्रालयभित्र छलफल गरेर निर्णय लिने बताए।

‘यसमा चाहिँ छलफल गरेर काम गर्छु,’ मन्त्री साहले भने, ‘जनताको आवश्यकता जति दिनैपर्छ।’

मन्त्री साहले निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवसँग पनि छलफल गरेर काम अघि बढाउने बताए। विगतमा मन्त्रालयमा भएका काम र निर्णयबारे जानकारी लिएर अघि बढ्दा आफूलाई सहज हुने उनको भनाइ थियो।

‘पहिलो मेरो प्राथमिकता भनेको मन्त्रीजीसँग कुरा गरेर पास्ट (विगत)मा के–के भएको थियो भन्ने जानकारी लिएर अगाडि बढ्नु हो,’ उनले भने।

Leave Your Comment

Related News