काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन । उनी बिहीबार बिहान १० बजे एयर इन्डियाको नियमित उडानमार्फत नयाँदिल्ली पुगेका हुन।
दुई सदस्यीय भ्रमण टोलीमा अर्थमन्त्री वाग्लेसँगै उनह प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन। नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले अर्थमन्त्री वाग्लेलाई स्वागत गरे । भारतीय टेलिभिजन च्यानल एनडीटीभी ९ल्म्त्ख्० द्वारा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा उच्चस्तरीय वक्ताका रूपमा सहभागी हुन अर्थमन्त्री वाग्ले भारत पुगेका हुन। उनले उक्त सम्मेलनमा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य तथा आपसी समृद्धिका अवसरका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ।
अर्थमन्त्री वाग्ले बिहीबार साँझ सम्मेलनअन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा। एस। जयशङ्करको विशेष सम्बोधन सत्रमा अतिथिका रूपमा सहभागी हुनेछन ।
त्यसैगरी, शुक्रबार बिहान सवा ११ बजे उहाँ सम्मेलनको उच्चस्तरीय सत्रमा सहभागी भई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। ‘निकटताबाट समृद्धिस् भारत–नेपाल अवसर’ शीर्षकको अन्तरक्रियात्मक सत्रमा सहभागी हुँदै उनले दुई देशबीचको आर्थिक सम्बन्ध, व्यापार, लगानी तथा सहकार्य विस्तारका सम्भावनाबारे धारणा राख्ने छन।




