RE
Global College

एनपीएल खेलहरू आधिकारिक च्यानलबाट हेर्न र पाइरेसी नियन्त्रण गर्न पारस खड्काको आग्रह

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव एवम् पूर्वकप्तान पारस खड्काले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारण आधिकारिक च्यानलहरूबाट मात्र हेर्न र पाइरेसीविरुद्ध एकजुट हुन सम्पूर्ण क्रिकेटप्रेमी तथा फेन्सहरूलाई आग्रह गरेका छन्।

भिडियो सन्देश जारी गर्दै उनले यही आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने एनपीएल प्रतियोगिताको सफलताका लागि सबैको सहयोग अपरिहार्य रहेको बताएका हुन्। क्यान, एनपीएल र सम्पूर्ण प्रायोजक तथा स्टेकहोल्डरहरूको मिहिनेतबाट अघि बढिरहेको यस प्रतियोगितामा पाइरेसी नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

आधिकारिक सब्स्क्रिप्सन च्यानलहरूबाट खेल हेर्दा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव नेपाली क्रिकेटको ग्रोथ र समग्र राजस्व प्रणालीमा पर्ने उल्लेख गर्दै खड्काले धेरै महँगो शुल्क नभई दर्शकहरूको साथ र सहयोगले भविष्यमा नेपालमा अझ ठूला प्रतियोगिताहरू आयोजना गर्न टेवा पुग्ने बताएका छन्। नेट टिभी एप वा हिमालयन स्पोर्ट्सलगायत आधिकारिक माध्यमबाट मोबाइलमा लाइभ हेर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले पाइरेसीलाई पूर्ण रूपमा बहिष्कार गर्न सबैमा विशेष अनुरोध गरेका छन्।

NECO

Leave Your Comment

Related News