CLI
Global College

बाढीपीडितको सहयोगका लागि एएस रोमाको विशेष पहल, हिजोको च्याम्पियन्स लिग खेलमा लगाइयो विशेष जर्सी

काठमाडौं । इटालीको प्रसिद्ध फुटबल क्लब एएस रोमाका खेलाडीहरूले हिजो सम्पन्न युइएफए च्याम्पियन्स लिगको खेलमा नेपालका बाढीपीडितहरूप्रति सहानुभूति जनाउँदै विशेष जर्सी लगाएर मैदान उत्रिएका छन्। इस्तानबुलमा फेनेर्बाचविरुद्ध भएको उक्त प्रतिस्पर्धात्मक खेल १-१ गोलको बराबरीमा सकिएको थियो, जसमा रोमाका लागि ब्रायन क्रिस्टान्टेले गोल गरेका थिए।

नेपालमा बाढी र पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै क्लबले यो सहयोगको कदम चालेको हो। उक्त खेलमा खेलाडीहरूले पहिरिएका म्याच-वर्न जर्सीहरू अब लिलामीमा राखिनेछ र त्यसबाट संकलित सम्पूर्ण रकम नेपालका बाढीपीडितहरूको राहत तथा पुनर्र्स्थापनाका लागि प्रदान गरिने क्लबले जनाएको छ। अन्तर्राष्ट्रिय मञ्चमा रोमाले देखाएको यो मानवीय सहयोगको चौतर्फी प्रशंसा भइरहेको छ।

Leave Your Comment

Related News