CLI
Global College

थारमारे–बडागाउँ–चौरजाहरी जोड्ने सडक कालोपत्रेको काम अन्तिम चरणमा

काठमाडौं । सल्यानको थारमारे बडागाउदेखि रुकुमपश्चिमको चौरजहारी जोड्ने सडक खण्ड कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । थारमारेदेखि सुरु भएको सडक कालोपत्रेको काम अहिले बडागाउ पुगेको छ । अहिले थारमारेदेखि मौलाहालेसम्मको करिब २६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । ४५.५ किलोमिटर लामो सडक खण्डमध्ये हालसम्म २६ किलोमिटरभन्दा बढी कालोपत्रे भइसकेको कर्णाली प्रदेश भौतिक पुर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालय जनाएको छ।

मन्त्रालयबाट प्राप्त ६ करोड ७१ लाख २९ हजार ९६२ रुपैयाँ बजेटमा थारमारे बडागाउँ चौरजहारी सडकखण्ड कालोपत्रे हुन लागेको हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आइसिआईपी) परियोजना अन्तरगत पाँच बर्षदेखि सडक स्तरोन्नति एवं सडक कालोपत्रे गर्ने काम भई रहेको छ । प्रदेश सरकारअन्तर्गतको सडकलाई चार वटा प्याकेजमा विभाजन गरी ठेक्का व्यवस्थापन गरिएको थियो। तीमध्ये तीन खण्डको काम सम्पन्न भइसकेको र बाँकी खण्डको काम  भइरहेको छ। सल्यानको थारमारेदेखि कुमाख गाउँपालिका–५ चिसापानीसम्म करिब २६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।

सडक निर्माणको गति बढेसँगै थारमारे–बडागाउँ–रागेचौर–चौरजहारी सडक तीन ठूला आर्थिक तथा पर्यटकीय सडक मार्गसँग जोडिन थालेको छ। विगतमा जाजरकोट, रुकुम पश्चिम, डोल्पा र सल्यानका स्थानीय हाटबजार आवतजावत गर्ने प्रमुख बाटोका रूपमा प्रयोग हुँदै आएको यो सडक अहिले क्षेत्रीय सडक सञ्जालको महत्त्वपूर्ण कडी बन्न थालेको छ।

बर्षौपछि सडक कालोपत्रे हुँदा स्थानीय खुशी भएका छन् । सडक कालोपत्रे भएसँगै यात्रा गर्न सहज हुनुका साथै सडकको धुलो, धुवाबाट समेत मुक्ति मिल्ने स्थानीय बताएका छन् । पहिले यात्रा गर्न निकै कठिन थियोे, अहिले सडक कालोपत्रे भएसँगै यात्रा गर्न सहज भएको छ बर्षाैपछि सडक कालोपत्रे हुँदा सबैलाई यात्रा गर्न सहज भएको छ, हामी एकदमै खुशी छौं स्थानीय निरुता थापाले भनिन् ।

यसअघी उक्त बाटो कालोपत्रे नहुँदा पटकपटक पहिरो जाने समस्या थियोे । जसले गर्दा बर्खाको समयमा आम नागरिकहरुलाई यात्रा गर्न समस्या थियो । सडक बिग्रिएका कारण निश्चित समयमा कुनै पनि ठाउँमा पुग्न समय लाग्ने गरेको स्थानीयहरु बताउछन् । अहिले भने सडक कालोपत्रे हुँदा सहज रुपमा यातायात पाइने भएकाले कुनै समस्या नभएको स्थानीयहरुको भनाई छ । उक्त सडक कालोपत्रे गर्ने काम तीन चरणमा छुट्याइएको थियो । जस मध्ये दुई चरणको सम्पन्न भइसकेको छ भने अहिले अन्तिम चरणको सडक काम भइरहेको छ ।

 

Leave Your Comment

Related News