काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ । भदौ ३१ देखी असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक पीएमजीओ साउथ एसिया फाइनल्सले नेपालमा गेमिङ तथा ई–स्पोट्र्सप्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरेन्स जोन समेत सञ्चालन हुनेछ । दर्शक तथा सहभागीका लागि उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणजस्ता कार्यक्रम सञ्चालन हुनेछन् ।
प्रतियोगिता अवधिभर संन्चालन हुने एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज, एक्स्ट्रिम फोटो तथा कन्टेन्ट जोनले प्रतियोगितामा सहभागी दर्शक तथा सहभागीका लागि रोमाञ्चक हुनेछ ।
एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनल्सले गेमिङ प्रतियोगितासँगै दर्शकका लागि मनोरञ्जन, सहभागिता र नयाँ अनुभवको अवसर प्रदान गर्नेछ । चार दिनसम्म चल्ने यस प्रतियोगिताले नेपालमा ई–स्पोट्र्स र गेमिङ संस्कृतिलाई थप प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेकोछ ।




