RE
Global College

काठमाडौंमा ‘एसीसीए बीपीसी क्रिकेट लिग’ हुँदै, १६ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं । ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) ले काठमाडौंमा एसीसीए प्रिजेन्ट्सः बीपीसी क्रिकेट लिग २०२६ आयोजना गर्ने भएको छ। सेप्टेम्बर २३ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता बूढानीलकण्ठ–चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा आयोजना हुने बीपीसीले जनाएको छ।

इन्डोर क्रिकेट प्रतियोगितामा एसीसीए विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीए अप्रुभ्ड लर्निङ पार्टनर, एसीसीए अप्रुभ्ड इम्प्लोयर तथा व्यक्तिगत एसीसीए सदस्यका टोली सहभागी हुनेछन्। प्रतियोगितामा विभिन्न एसीसीए प्रदायक संस्था तथा समुदायको प्रतिनिधित्व गर्ने १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

ब्रिटिश प्रोफेसनल कलेजका दुई, सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए) का तीन तथा सीड एकेडेमीका दुई टोली सहभागी हुनेछन्। त्यस्तै लर्निङ पार्क, ब्राइट एकेडेमी, फिन्ट लर्निङ हब, एम्बार्क कलेज, शिक्ष्या एकेडेमी, जीएनएस एस्ट्रा, स्लुगरर्स र एजीके पार्टनर्सका एक–एक टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन्।

खेलकुदमार्फत एसीसीए समुदायबीच सहकार्य, नेटवर्किङ, नेतृत्व र टिमवर्क प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बीपीसीले जनाएको छ। पुरस्कार राशि १ लाख ५० हजार

प्रतियोगिताको कुल पुरस्कार राशि रु. १ लाख ५० हजार रहेको छ। एसीसीए प्रतियोगिताको शीर्ष प्रायोजक रहेको छ भने आवान ट्रेडिङ, अउज्ट्रिक्स एजुकेशनल हब, शुभम इन्टरनेसनल हस्पिटल र एजीके पार्टनर्सले सहयोग गरेका छन्।

बीपीसीका अनुसार प्रतियोगिताले एसीसीए विद्यार्थी, सदस्य तथा पेशाकर्मीलाई शैक्षिक संस्था र कार्यस्थलभन्दा बाहिर एउटै खेलकुद मञ्चमा जोड्नुका साथै व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्नेछ।

नेपालमा १३ वर्षदेखि एसीसीए कार्यक्रम द ब्रिटिश कलेज (टीबीसी) को भगिनी संस्था बीपीसीले नेपालमा सन् २०१३ देखि एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बीपीसीले एसीसीएको प्लाटिनम स्टाटस प्राप्त गरेको जनाएको छ। कलेजले शैक्षिक कार्यक्रमसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप, व्यावसायिक नेटवर्किङ तथा विभिन्न सह–पाठ्यक्रम गतिविधिमा सहभागी हुने अवसर प्रदान गर्दै आएको छ।

द ब्रिटिश कलेज सन् २०११ मा काठमाडौंमा स्थापना भएको हो। कलेजले अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त बेलायती विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Leave Your Comment

Related News