RE
Global College

एशियन गेम्स टी-२०: अफगानिस्तानविरुद्ध नेपालले टस हारेर पहिला बलिङ गर्दै

काठमाडौं ।  बीसौँ एसियाली खेलकुद (एशियन गेम्स) अन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को खेलमा नेपालविरुद्ध अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा हुने खेलमा टस जितेसँगै अफगानिस्तानले पहिले ब्याटिङ रोजेको हो भने नेपालले फिल्डिङ (बलिङ) को निम्तो पाएको छ।

समूह ‘ए’ मा रहेको नेपालको यो प्रतियोगितामा पहिलो खेल हो। नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिएको छ।

नेपाली प्लेइङ ११: रोहित पौडेल , आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, लोकेश बम, सन्दीप जोरा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।

Leave Your Comment

Related News