RE
Global College

स्याकार ट्रेडिङ्ग र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्बन्धी सम्झौता

काठमाडौं । स्याकार ट्रेडिङ्ग र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

यस सहकार्यको मुख्य उद्देश्य ग्राहकहरूलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउनु रहेको कम्पनीले जनाएको छ । सम्झौता अनुसार, एनआईसी एशिया बैंकले होण्डाका ग्राहकहरूलाई आकर्षक तथा कम ब्याजदरमा सजिलो फाइनान्सिङ (सवारी कर्जा) को सुविधा प्रदान गर्नेछ। यस सुविधा अन्तर्गत ग्राहकहरूले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिन भित्रमा नै लोन प्रक्रिया पूरा गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ।

यो सजिलो फाइनान्सिङ सुविधा होण्डाका उत्कृष्ट तथा लोकप्रिय मोडलहरू जस्तै: होण्डा सीआर-भी, सिटी इ:एचईभी, फिफ्थ जेन सिटी र एलिभेट लगायतका गाडीहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि उपलब्ध हुनेछ ।

उक्त सम्झौता पत्रमा एनआईसी एशिया बैंकको तर्फबाट चिफ बिजनेस अफिसर अमित के.सी. र हेड-मोर्टगेज बैंकिङ एण्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ्गको तर्फबाट प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरिन् ।

Leave Your Comment

Related News