RE
Global College

लास भेगासमा सम्पन्न मिस्टर ओलम्पिया २०२६ को उपाधि निक वाकरलाई

काठमाडौं । बडीबिल्डिङ जगतको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मिस्टर ओलम्पिया २०२६’को मुख्य विधा (मेन्स ओपन) को उपाधि अमेरिकी बडीबिल्डर निक वाकरले जितेका छन्। अमेरिकाको लास भेगासमा आयोजित कडा प्रतिस्पर्धाका बिच पूर्व विजेताहरू सामसन दाउदालाई दोस्रो र डेरेक लन्सफोर्डलाई तेस्रो स्थानमा सीमित गर्दै वाकरले पहिलोपटक बडीबिल्डिङको सर्वोच्च पुरस्कार मानिने ‘स्यान्डो ट्रफी’ र ६ लाख अमेरिकी डलर (करिब ८ करोड रुपैयाँभन्दा बढी) नगद पुरस्कार हात पारेका हुन्।

त्यसतै, दोस्रो भएको  सामसन दाउदालाई २ लाख अमेरिकी डलर र तेस्रो स्थानमा रहेको डेरेक लन्सफोर्डलाई १ लाख अमेरिकी डलर पाउने छन् ।  सो विधामा संयुक्त अरब इमिरेट्सका एन्ड्रयु ज्याक्ड चौथो र अमेरिकाका टोनियो बर्टन पाँचौँ स्थानमा रहे।

यस्तै अन्य मुख्य विधाहरूमा नायल डार्वेनले १ लाख डलरसहित क्लासिक फिजिक्स, कियोन पियर्सनले लगातार चौथो पटक मेन्स २१२, रायन टेरीले ५० हजार डलरसहित मेन्स फिजिक्स र एन्ड्रिया शाले एमएस ओलम्पियाको उपाधि जितेका छन्।

Leave Your Comment

Related News