RE
Global College

काठमाडौंको दुई दर्जन बढी ‘प्राइम लोकेशन’ को हडपेको सरकारी जग्गा फिर्ता, कुल ४७१ भन्दा बढी रोपनी फिर्ता

काठमाडौं । सरकारले काठमाडौंको दुई दर्जन बढी ‘प्राइम लोकेशन’ मा व्यक्ति तथा संस्थाले हडपेको सार्वजनिक तथा सरकारी जग्गा फिर्ता ल्याएको छ । काठमाडौंका विभिन्न २९ वटा भन्दा बढी स्थानमा रहेको २ लाख ४० हजार ८ वर्गमटिर (४७१.९९ रोपनी) सरकारी जग्गा फिर्ता ल्याएको हो ।

काठमाडौं महानगरपालिकका अनुसार महानगर क्षेत्रभित्र रहेको सरकारी जग्गा विभिन्न व्यक्ति, समाज र संघ संस्थाले हडेपको अवस्थामा उक्त जग्गाहरु खाली गराइएको हो । जसको मूल्य अबौं रुपैयाँ रहेको महानगरले जनाएको छ । ‘प्राइम लोकेशन’ मा रहेको उक्त अर्बौं मूल्य बराबरको जग्गा हडपेहरु व्यक्तिगत प्रयोजनको लागि प्रयोग भइरहेको महानगरका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार काठमाडौंको अधिकांश क्षेत्रमा राजनीतिक पहुँच, कर्मचारीको पहुँच आदि स्वार्थसिद्ध व्यक्तिहरुले प्रयोग गर्दै आएका थिए । काठमाडौंको कपनमा ५ हजार ५२७.८३ वर्ग मिटर, अनामनगरमा २ हजार २५१.३१ वर्गमिटर, काँडाघारीमा ३ हजार वर्गमिटर, कालीमाटीमा २ हजार ५५३ वर्गमटिर, कालोपुलमा २०२ वर्गमटिर, खाडीपाँखामा ८ हजार ४४५ वर्गमिटर, गैरीगाँउमा १९ हजार ९६३ वर्गमिटर, गोठाटारमा ९९३ वर्गमिटर, टेकुमा २ हजार ५५३ वर्गमिटर, तिलगंगामा ५०८ वर्गमिटर सरकारी जग्गा हडेपेका हुन् । त्यसैगरी वंशीघाटमा १३ हजार १५२ वर्गमिटर, थपाथलीमा २७ हजार ६१३ वर्गमटिर, देवीनगरमा १ हजार ८४७ वर्गमटिर, वल्खुमा १५ हजार ३७७ वर्गमिटर, बालकुमारी ८३९ वर्गमिटर, बालजुमा १५ हजार १५८ वर्गमिटर, मनोहरामा ८९ हजार ९७३ वर्गमिटर, माछापोखरीमा ९ हजार ६१७ वर्गमिटर, रानीवारीमा ८१३.९८ वर्गमिटर, शंखमुलमा १४ हजार ७५६ वर्गमिटर, शान्तिनगरमा १ हजार ४१६ वर्गमिटर, शान्ति विनायकमा ७०६ वर्गमिटर, सामखुशीमा २४७ वर्गमिटर, सिनामंगलमा १ हजार ३३५ वर्गमिटर, स्वयम्भूमा ३ हजार ६४४ वर्गमटिर उल्लेख नभएको स्थानमा २४७ वर्गमिटर सरकारी जग्गा हडेपेका हुन् ।

कपनमा १००, अनामनगरमा ७, काँडाघारीमा २, कालीमाटीमा ३०, कालोपुलमा ५, खाडीपाँखामा ७, गैरीगाउँमा २३३, गोठाटारमा ९ , टेकुमा १६ , तिलगंगामा ११, वंशीघाटमा २१२, थपाथलीमा २४२ घरपरिवार तथा संस्थाले उक्त जग्गा हडपेका थिए । त्यसैगरी देवीनगरमा २२, बल्खुमा ३२७, बालकुमारीमा ४, बालाजुमा १८१, बालुवाटरामा ८ , विशालनगरमा २ , मनोहरामा ६९२, महाराजगञ्जमा ९ , माछापोखरीमा १९ घरपरिवार तथा संस्थाले उक्त जग्गा हडपेका थिए । रानीबारीमा ८, शंखमुलमा ७७, शान्तिनगरमा २५८, शान्ति विनायकमा ६, सामाखुशीमा ३ ,सिनामंगलमा ७१, स्वयम्भूमा ३८ र उल्लेख नभएको स्थानमा ९ घरपरिवार तथा संस्थाले उक्त जग्गा हडपेका थिए । काठमाडौंका कतिपय स्थानमा अभै सरकारी जग्गा हडपेको भए पनि सो जग्गाा फिर्ता ल्याउन सकिएको छैन । ती जग्गाहरुमा मुद्धा परेका कारण फिर्ता ल्याउन नसकिएको महानगरका अधिकारीहरु बताउछन् । विशेष गरी सुकुम्बासी र अव्यवस्थित बसोबासका कारण हडपेको सरकारी जग्गा फिर्ता ल्याइएको महानगरका प्रवक्ता नवीन मानन्धरले इक्विटी नेपाललाई बताए । सुकुम्बासी र अव्यवस्थित बसोबासले काठमाडौंको २९ वढी स्थानमा हडेपेको सरकारी जग्गा फिर्ता ल्याइएको छौं । अब त्यसलाई सुरक्षित राख्नुपर्ने छ भने आगामी दिनमा सो जग्गामा पार्कहरु बनाउने देखि लिएर खुल्ला चौरको रुपमा प्रयोग गरिने योजना रहेको छ, उनले भने ।

खाली गरिएको जग्गा संघीय सरकारको हुने हुदाँ महानगरले पनि सो जग्गामा पक्की संरचना बनाउने र व्यवसायिक प्रयोजनलाई अघि बढाउन नसक्ने महानगरका एक अधिकारीले बताए । त्यस्तै संघीय सरकार र स्थानीय सरकार अर्थात् महानगरले सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने प्रयास गरे पनि विभिन्न स्वार्थ समूहको कारण शतप्रतिशत जग्गा फिर्ता हुन सकेको पाइदैन । विशेष गरी संघ संस्थाले आफनो व्यवसायिक स्वार्थका लागि सरकारी तथा सार्वजनिक जग्गा हडपेका छन् भने अर्को भनेको सुकुम्बासी तथा अव्यस्थित बसोबास कारण रहेको छ । यसअघि सो जग्गाहरु भाडामा लगाउने र मोटो रकम उठाउने गरेका थिए । सो रकम भने सरकारको खातामा समेत नपुग्ने र व्यक्ति तथा विचौलियाले उक्त रकम उपभोग गर्ने गरेको महानगर स्रोतले बतायो । स्रोतका अनुसार विभिन्न राजनीतिक दलको संरक्षणमा काठमाडौंको अर्बौं मूल्य बराबरको सो जग्गा व्यवसायिक प्रयोजन तथा भाडामा प्रयोग भएको थियो ।

Leave Your Comment

Related News