काठमाडौं । एनसेलका ग्राहकले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट र ‘बाइ वान गेट वान’ अफर पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराइएको हो।
४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन्। एक्लै सेवा लिने नेपाली ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन्।
त्यस्तै, ९९ रुपैयाँ देखि ४९९ रुपैयाँ भन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने ग्राहकले स्पा सेवामा २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकले १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
अफर लिन ग्राहकले एनसेल एपमा गई ‘पार्टनर्ड सर्भिसहरू’ अन्तर्गत ट्रान्क्विलिटी स्पा छनोट गरी आधिकारिक आउटलेटमा सुविधा रिडिम गर्न सक्नेछन्। एपमा उपलब्ध लाभ ग्राहकले खरिद गरेको प्याक वा प्लानका आधारमा निर्धारण हुने एनसेलले जनाएको छ।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले साझेदारीले ग्राहकलाई कनेक्टिभिटीसँगै थप उपयोगी तथा अर्थपूर्ण लाभ उपलब्ध गराउने बताए। एनसेलले ग्राहकलाई थप सुविधा र मूल्य प्रदान गर्ने उद्देश्यले आफ्नो पार्टनर इकोसिस्टम विस्तार गर्दै आएको जनाएको छ।



