RE
Global College

पिएसजीसँग सिटी पराजित

काठमाडौं । च्याम्पियन्स लिगको साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ४-२ ले पराजित गरेको छ।  एतिहाद स्टेडियममा पिएसजीले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दबाबमा राखेको थियो। प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको ठहरपछि सिटी पहिलो पटक घरेलु मैदानमा खेलेको थियो।

सिटीका पूर्व प्रशिक्षक पेप ग्वार्डिओला पनि आफ्नो पुरानो क्लबको खेल हेर्न उपस्थित थिए। तर, घरेलु समर्थकको उत्साहबीच सिटीले पिएसजीको आक्रामक खेल रोक्न सकेन। पिएसजीले पहिलो हाफमै तीन गोलको अग्रता बनाएको थियो। डिजिरे डुएले १३औँ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि डुएले उपलब्ध गराएको उत्कृष्ट क्रसमा उस्मान डेम्बेलेले हेडरमार्फत गोल गरे।

३२औँ मिनेटमा भिटिन्हाले गोल थपेपछि पिएसजी ३–० ले अघि बढ्यो। म्याग्नेस अक्लिउस र वारेन जैरे-एमेरीबीचको उत्कृष्ट तालमेलपछि उनले गोल गरे।  दोस्रो हाफमा भने सिटीले सुधारिएको प्रदर्शन गर्‍यो। प्रशिक्षक एन्जो मारेस्काले मध्यान्तरमा तीन खेलाडी परिवर्तन गरेपछि सिटीले लगातार आक्रमण गर्दै गोलका अवसर सिर्जना गर्‍यो।

दोस्रो हाफ सुरु भएको ८ मिनेटपछि इलिमान एनडियायको क्रसमा एर्लिङ हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिए। तर, ६२औँ मिनेटमा पिएसजीले चौथो गोल थप्यो। अक्लिउसको प्रहार सिटीका गोलरक्षक जियानलुइगी डोनारुम्माले सुरुमा बचाए पनि बल उनीपछाडि खस्दै गोलमा परिणत भयो।

सिटीले त्यसपछि पनि हार मानेन। हालान्डले ७५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर घटाए। उनले अर्को प्रहारमा गोल गर्ने प्रयास गरे पनि पिएसजीका गोलरक्षक माट्भेई साफोनोभले रोके ।

खेलको अन्तिमतिर सिटीले पेनाल्टीमार्फत गोल गर्ने अवसरसमेत पायो। तर, फेरान टोरेसको प्रहार डोनारुम्माले बचाएपछि पिएसजीले थप अन्तर बढाउन पाएन । हालान्डले दुई गोल गरे पनि सिटीलाई हारबाट जोगाउन सकेनन्।

NECO

Leave Your Comment

Related News