RE
Global College

विदेशी विनिमय सञ्चिति ४० खर्ब ३५ अर्ब पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति बढेको जनाएको छ । नेपाल राष्ट्र बैंकले विहिबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै सो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ भादै  मसान्तमा ४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ‍३१ करोड रहेकोमा २०८३ भादै मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड  करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८३ असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड रहेकोमा २०८३ भादै मसान्तमा ४ प्रतिशतले वृद्धि भई ३६ खर्ब १० अर्ब ७६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा २०८३ भादै मसान्तमा ७.२ प्रतिशतले वद्धि भई ४ खर्ब ५५ अर्ब १ करोड कायम भएको छ । २०८३ भादै मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.३ प्रतिशत रहेको छ ।

NECO

Leave Your Comment

Related News