काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश पढ्नका लागि नेपाली विद्यार्थीले चालु आर्थिक वर्ष २०८३८४ मा रु. २९ अर्ब ५५ करोड रुपैयाँ विदेश लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु.३२ अर्ब ७६ करोड रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २८.६ प्रतिशतले वृद्धि भई रु.१४ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको
सोही अवधिमा यस्तो आय रु.११ अर्ब ६२ करोड रहेको थियो ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १३.१ प्रतिशतले कमी भई रु.४१ अर्ब १० करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.२९ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.४७ अर्ब ३१ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.३२ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद सेवा आय रु.२२ अर्ब ४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३० अर्ब ८८ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २८.६ प्रतिशतले वृद्धि भई रु.१४ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११ अर्ब ६२ करोड रहेको थियो ।




