RE
Global College

अन्तिम खेलमा नेपालले ओमानलाई दियो जितका लागि २८१ रनको लक्ष्य 

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले ओमानलाई जितका लागि २८० रनको लक्ष्य दिएको छ । टस जितर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ओभरमा अलआउट हुँदै २८० रन बनाए पछि ओमानले उक्त लक्ष्य पाएको हो ।

नेपालका लागि पूर्व कप्तान रोहित पौडेलले सर्वाधिक ८० रनको पारी खेले । दिपेन्द्र सिंह ऐरिले पनि टोलिका लागि ६९ रनको योगदान दिए । ओपनर देव खनालले पनि ५७ रनको अर्शसतकीय पारी खेले । इशान पाण्डेले २९ रन बनाए भने अन्यले उल्लेख्य पारी खेल्न सकेनन् ।

ओमानका लागि शाह फैसलले सर्वाधिक ५ विकेट लिए । जय ओदेद्राले ३ विकेट लिए भने समय श्रीवास्तवले २ विकेट लिए । ओमानले केही बेरमा आफ्नो पारी थाल्ने छ । एकदिवसीय मान्यता जोगाउन नेपालले यो खेल जित्नै पर्ने बाध्याता छ ।

NECO

Leave Your Comment

Related News