काठमाडौं । बुधबार नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेरा बन्द भएको छ भएको छ। यद्यपि, सेन्सेटिभ इण्डेक्स २.६९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंकले घटेको छ। करोबाररकम पनि बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ३५८ वटा कम्पनीका ५९ हजार १८५ पटकको कारोबारबाट ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ।
१३ वटा उपसमूहमध्ये बुधबार ४ वटाको परिसूचक बढेको छ भने ९ वटाको घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढेको छ। यसैगरी, व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले उक्लिँदा जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंकले बढेका छन्।
यस दिन नेपाल पुनर्बीमा कम्पनी १५ प्रतिशतले बढेको छ । त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको सेयरमूल्य साढे ११ प्रतिशत र श्वेत गंगा हाइड्रोपावरको मूल्य साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ। उता, सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य सर्वाधिक ६.३४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा श्वेत गंगा हाइड्रोपावर ८५ करोड ८४ लाख रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै, घोराही सिमेन्टको ५१ करोड र हिमालयन रि इन्स्योरेन्सको ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।



