Global College

कार्यवाहक राजदूत मेगन बोल्डिन र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, नेपाललाई ३ करोड ६० लाख डलर सहायता

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाकी कार्यवाहक राजदूत  मेगन बोल्डिन र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच आज द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा गत भदौ (अगस्ट) मा आएको विनाशकारी बाढीपछि पुनर्स्थापना तथा राहत कार्यका लागि अमेरिकाले घोषणा गरेको ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोगबारे छलफल भएको छ।

बाढीपछिको उद्धार तथा पुनर्निर्माणमा अमेरिका नेपालको सबैभन्दा ठूलो सहयोगदाताका रूपमा उभिएको उल्लेख गर्दै कार्यवाहक राजदूत बोल्डिनले पुनर्निर्माण प्रक्रियामा अमेरिकी कम्पनी र अत्याधुनिक प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइन्। साथै, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टमार्फत नेपालको विद्युत् र यातायात प्रणालीलाई सुदृढ बनाउँदै बाढी पछिको पुनरुत्थानमा सहयोग पुगिरहेको धारणा उनले व्यक्त गरिन्।

छलफलका क्रममा प्रकोपपछिको पुनरुत्थानका साथै दीर्घकालीन आर्थिक सहकार्यका विषयमा पनि विचार-विमर्श भएको थियो। बोल्डिनले अमेरिकी प्रविधिले नेपालको डिजिटल रूपान्तरणलाई तीव्र गति दिन सक्ने बताइन्। नेपालले व्यवसायमैत्री सुधारहरू लागू गरेमा त्यसले अमेरिकी कम्पनीहरूका लागि लगानीका नयाँ अवसरहरू सिर्जना गर्ने र दुवै देशको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विश्वास उनले व्यक्त गरिन्।

NECO

Leave Your Comment

Related News