Global College

सिद्धार्थ बैंकको १ लाख २१ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख २१ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सुचना जारी गरेर श्याम सुन्दर खेतानको नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर आम सर्वसाधारणले समेत खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको बैंकले जनाएको छ । यस अघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको समय दिएर आवेदन माग गर्दा बिक्री नभए पछि उक्त सेयर अब अन्य जुन सुकै संस्था तथा व्यक्तिका लागि बिक्रीमा राखेको बैंकले जनाएको छ ।

अब यो सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले ७ दिन भित्र आवेदन दिनु पर्ने छ । बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई लिखित आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

NECO

Leave Your Comment

Related News